रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो

रोनाल्डो बिना नै जित्यो रिएल मड्रिड

बिहिबार, १० फागुन २०७४    All Time Khabar    159 पटक पढिएको



रियल मड्रिडले लेगानेसलाई ३–१ ले हरायो

१० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डो विना मैदान उत्रिएको रियल यो जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

खेलमा सुरुवाती अग्रता भने लेगानेसले छैठौं मिनेटमै लिएको थियो । तर, बस्टिङ्जाले गरेको गोलको अग्रता धेरै समय टिक्न सकेन ।

रियलका भाजक्वेजले ११ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि अरु दुई गोल कासिमिरो र सर्जियो रामोसले थपे । कासिमिरोले २९ औं मिनेटमा र रामोसले खेलको अन्तिम मिनेटमा पेनाल्टीमार्फत् गोल गरे ।

यो जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । २४ खेल खेलेको रियलको ४८ अंक छ । समान खेल खेलेका बार्सिलोना ६२ अंकसहित पहिलो र एथलेटिको मड्रिड ५५ अंकसहित दोस्रो स्थानमा छन् । यसैगरी भ्यालेन्सिया ४६ अंकसहित चौथो स्थानमा छ ।

अनलाईन खबर बाट साभार ।


प्रतिकृया दिनुहोस