लोड्सेडिङ हुन नदिन कुल्मानले फेरी ल्याए नयाँ योजना

बिहिबार, १० फागुन २०७४    All Time Khabar    180 पटक पढिएको



लोड्सेडिङ हुन नदिन कुल्मानले फेरी ल्याए नयाँ योजना

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले ‘इनर्जी बैकिंङ’ गर्ने योजना अघि सार्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा मौसममा पनि विद्युत आपूर्तिलाई सहज बनाउने गरी ‘इनर्जी बैकिंङ’  गर्ने योजना अघि सार्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

सो योजनामा वर्षात्मा सञ्चित हुने विद्युत भारतलाई निर्यात गर्ने र सुख्खा मौसममा भारतबाट आवश्यक विद्युत आयात गर्ने व्यवस्था हुनेछ । बिहिबार काठमाडौंमा आयोजित उर्जासम्बन्धि एक कार्यक्रममा बोल्दै उनले प्राधिकरणले अब देशभर लोडसेडिङ हुन नदिने व्यवस्था गरेको दाबी समेत गरे ।

आगामी १० वर्षभित्र मुलुकमा ५ हजार मेघावाट विद्युत माग हुने प्राधिकरणले प्रक्षेपण गरेको छ । कार्यकारी निर्देशक घिसिङले मागभन्दा ४० प्रतिशत बढि विद्युत उत्पादन हुनेगरी काम भइरहेको पनि स्पष्ट पारे ।
प्राधिकरणले आर्थिक बृद्धिदरको अनुपातमा विद्युत उत्पादन गर्दै लैजाने प्रतिबद्धता पनि जनाएको छ ।


प्रतिकृया दिनुहोस