जन्मदिनमा प्रधानमन्त्रीले गरे क्रीकेट खेलाडिलाई सम्मान

शुक्रबार, ११ फागुन २०७४    RSS    184 पटक पढिएको



जन्मदिनमा प्रधानमन्त्रीले गरे क्रीकेट खेलाडिलाई सम्मान

काठमाण्डौ- विश्वकप छनोट प्रतियोगिता खेल्न छानिएको नेपाली क्रिकेट टोलीका हरेक सदस्यलाई प्रधान मन्त्री केपी शर्मा ओलीले सरकारले दिने भनेको ३ लाख रुपैयाँको चेक आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो ६७औं जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरे।

विश्वकप क्रिकेट लिग डिभिजन दुईको शीर्ष दुईभित्र रहन सफल नेपाली क्रिकेट टोलीका १४ खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३-३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। यस्तै मदन भण्डारी स्पोर्ट एकेडेमीले जनही १-१ लाख दिने घोषणा गरेको थियो। उक्त प्रतियोगिता मा नेपाली क्रीकेट टोली उपबिजेता भएपनी जिम्बाब्बेमा हुन गैरहेको बिस्वकप छनोट प्रतियोगिता खेल्न भोली जिम्बाब्बे प्रस्थान गर्दैछ ।


प्रतिकृया दिनुहोस