स्वारेजको ह्याट्रीकमा बार्सिलोना बिजयी

आइतबार, १३ फागुन २०७४    RSS    131 पटक पढिएको



स्वारेजको ह्याट्रीकमा बार्सिलोना बिजयी

१३ फागुन ,आइतबार ।

स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई र फिलिप कोन्टिन्होले एक गोल थपे ।

खेलमा सुरुवती अग्रता जिरोनाले लिएको थियो । जिरोनाका लागि तेस्रो मिनेटमै मनजनेराले गोल गरेका थिए । तर त्यसको दुई मिनेटपछि स्वारेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि जिरोनाको पोस्टमा गोलको वर्षा नै भयो । पहिलो हाफसम्म नतिजा ४-१ को अवस्थामा थियो । मेस्सीले ३० र ३६ मिनेटमा दुई गोल गरे भने स्वारेजले ४४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

दोस्रो हाफ सुरु भएपछि ६६ औं मिनेमा कोन्टिन्होले गोल गरे भने ७६ औं मिनेटमा स्वारेजले हृयाट्रिक पूरा गरे । त्यसपछि थप गोल हुन सकेन र बार्सिलोना ६-१ ले विजयी हुन सफल भयो ।

यो सिजनको ला लिगामा २२ गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा र २० गोल गरेका स्वारेज दोस्रो नम्बरमा छन् ।


प्रतिकृया दिनुहोस