नेपाली टोली विश्वकप छनोट खेल्न जिम्बाब्बे प्रस्थान

आइतबार, १३ फागुन २०७४    RSS    154 पटक पढिएको



नेपाली टोली विश्वकप  छनोट खेल्न  जिम्बाब्बे प्रस्थान

११ फाल्गुन, आइतबार ।

एक दिवसीय विश्वकप क्रिकेटको छनोट खेल खेल्न नेपाली क्रिकेट टोली हिजो राति जिम्बाम्बे प्रस्थान गरेका छ। नेपाली टोली भोलि साँझ जिम्बावे पुग्नेछ। आगामी फागुन २० गतेदेखि जिम्बावेमा सुरू हुन गइरहेको आइसिसी विश्वकप छनोटमा नेपालले अनुभवी तथा बलिया टोलीहरुको सामना गर्नुपर्नेछ।

१० राष्ट्रको सहभागिता रहेको विश्व कप छनोटमा नेपाल समूह 'बी'मा परेको छ। नेपालले समूह चरणमा टेस्ट मान्यता प्राप्त राष्ट्र आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। राउन्ड रोविन लिगपछि समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

हालै नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा पुगेको नेपालसँगै युईएले पनि छनोटमा स्थान बनाएको छ। सुपर सिक्समा पुग्ने टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ भने इन्टर कन्टिनेन्टल कप र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्न पाउनेछ।

विश्वकप छनोट खेल खेल्नु अघि नेपालले दुई अभ्यास खेल खेल्नेछ। युएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने नेपालले फागुन १७ मा हङकङको सामना गर्नेछ।

विश्वकप छनोट खेल खेल्ने नेपाली टोली यस्तो रहेको छ ।


१.कप्तान पारस खड्का
२.उपकप्तान ज्ञानेन्द्र मल्ल
३.शक्त गोचन
३.बसन्त रेग्मी
४.शरद भेषवाकर
५.सोमपाल कामी
६.करण केसी
७.आरिफ शेख
८.सन्दिप लामिछाने
९.दिपेन्द्रसिंह ऐरी
१०.दीलिपनाथ
११.ललित भण्डारी
१२.अनिल कुमार शाह
१३.रोहित कुमार पौडेल
१४.ललित नारायण राजवंशी


प्रतिकृया दिनुहोस