म्यान्चेस्टर युनाईटेडद्वारा चेल्सी २-१ गोल अन्तरले पराजित

म्यान्चेस्टरको जितमा लिङ्गार्ड बने नायक

सोमबार, १४ फागुन २०७४    अलटाइम खबर सम्बाददाता    181 पटक पढिएको



म्यान्चेस्टर युनाईटेडद्वारा चेल्सी २-१ गोल अन्तरले पराजित

१४ फाल्गुन, काठमाडौं

प्रीमिअर लिग अन्तर्गत भर्खरै सम्पन्न भएको खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई २-१ गोल ले पराजित गरेको छ । खेल को ३२ औं मिनेटमा विलिएनको गोल को मद्धत ले चेल्सीले सुरुवाती अग्रता लिएपनी त्यो अग्रता कायम रहन सकेन ।

म्यान्चेस्टर युनाईटेडको तर्फबाट रोमेन लुकाकुले खेलको ३९औं मिनेटमा गोल गर्दै खेल लाई बराबरीमा ल्याए । जेसे लिङ्गार्ड ले उत्कृष्ट प्रदर्शन गर्दै ७५औं मिनेटमा म्यान युनाईटेडका लागी थप एक गोल गर्दै चेल्सी माथी सानदार जित दर्ता गराउन सफल भए ।

चेल्सीको तर्फबाट पनि गोल गर्ने धेरै अबसरहरु प्राप्त भएपनी त्यो सफल हुन सकेन र अन्तत खेल म्यानचेस्टर युनाईटेडको पोल्टामा पर्‍यो । 


प्रतिकृया दिनुहोस