अर्थमन्त्रीको पहिलो निर्णय, सबै सरकारी भुक्तानी बिद्ध्युतिय

बुधबार, १६ फागुन २०७४    RSS    276 पटक पढिएको



अर्थमन्त्रीको पहिलो निर्णय, सबै सरकारी भुक्तानी बिद्ध्युतिय

काठमाडौं-अर्थमन्त्रीको पदभार सम्हाले लगत्तै पूर्व गभर्नर डा. युवराज खतिवडाले सरकारी तवर बाट गरिने सबै भुक्तानी तथा आम्दानिहरु बिद्ध्युतिय माध्यम बाट गर्ने निर्णय गरेका छन् । सो निर्णय आगामी बैशाख देखी सबै सरकारी कार्यालयहरुमा लागु गरिने अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

सपथग्रहण गरे लगत्तै अर्थमन्त्रालय पुगेर खतिवडाले बैशाख १ गतेदेखि सरकारी राजश्व र खर्चको कारोबार विद्युतीय माध्यमबाट हुने निर्णयमा हस्ताक्षर गरेका थिए।

यो निर्णय भए सङ्गै अब कुनै पनि राजश्व तिर्न नगदको ठाउँमा व्यक्तीगत तथा संस्थागत खाताबाट सरकारी राजश्व खातामा सिधै ट्रान्सफर गर्दा हुने छ।
 


प्रतिकृया दिनुहोस