शिक्षा एेनकाे नवाैं शंसाेधन खारेज हुन्छ ! तिलक राज भण्डारी

सोमबार, २८ फागुन २०७४    All Time Khabar    228 पटक पढिएको



शिक्षा एेनकाे नवाैं शंसाेधन खारेज हुन्छ ! तिलक राज भण्डारी

२०७४ फाल्गुण २८

 अखिल(क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारी ले शिक्षा एेनकाे नवाैं शंसाेधन खारेज गर्नुपर्ने बताएका छन् । शिक्षा एेनकाे नवाैं शंसाेधन र चैत्र २३ गते हुने भनिएकाे शिक्षा सेवा अायाेगले लिन थालेकाे अस्थायी शिक्षकहरूकाे अान्तरिक परीक्षाका विरुद्ध सडक अान्दाेलनमा उत्रिएका शिक्षा शास्त्र संकायका विद्यार्थीहरूलाई सम्वाेधन गर्दै उपाध्यक्ष भण्डारीले शिक्षा एेनकाे नवाैं शंसाेधनले एकातर्फ शिक्षक लाईसेन्स प्राप्त गरेका सात लाखभन्दा बढी दक्ष युवाहरूकाे जीवनमाथी खेलबाड गरेकाे छ भने अर्काेतर्फ विद्यालय शिक्षा अध्ययन गरिरहेका सत्तरी लाख विद्यार्थीहरूकाे गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारकाे हनन् भएकाे समेत ठाेकुवा गरे । शिक्षा सेवा अायाेग अान्तरिक पचहत्तर प्रतिशत र खुल्ला पच्चिस प्रतिशत काे प्रतिस्प्रधा बनाएर अान्तरिक भन्दा खुल्ला बढी हुनुपर्ने लाेकसेवा अायाेगकाे विश्वव्यापि मान्यता समेत उलंघन भएकाे छ । वाम गठबन्धनकाे सरकारले याे निर्णयलाइ तत्काल सच्याएर दशाैं संशाेधनमार्फत नवाैं शंसाेधन खारेज गर्ने कुरामा जाेड दिदै उपाध्यक्ष भण्डारीले शिक्षककाे व्यवस्थापन गर्ने नाममा विद्यार्थीहरूकाे जीवनमाथी खेलवाड नगर्न सरकार र शिक्षा सेवा अायाेग लाई चेतावनी समेत दिएका छन् । शिक्षा शास्त्र संकाय विद्यार्थी संघर्ष समितिका संयाेजक पुष्कर शर्माले याे अान्दाेलन चरणवद्ध रुपमा अगाडि बढ्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस