बिमान दुर्घटनाका मृतकहरुको श्रदान्जलिमा दीप प्रज्वलन !!

मङ्गलबार, २९ फागुन २०७४    अलटाइम खबर सम्बाददाता    193 पटक पढिएको



बिमान दुर्घटनाका मृतकहरुको श्रदान्जलिमा दीप प्रज्वलन  !!

२९ फाल्गुन,काठमाडौं
नेपाल विद्यार्थी सङ्घ आर आर क्याम्पस इकाई समिती द्वारा गत सोमबार भएको बिमान दुर्घटनामा परी ज्यान गएका यात्रुहरु प्रती श्रदान्जली प्रकट गर्दै दीप प्रज्वलन गरिएको छ । उक्त बिमान दुर्घटनामा परी बिमानमा सवार ६७ जना यात्रुहरु मध्य ५० जनाको ज्यान गएको थियो ।
नेपाल विद्यार्थी सङ्घकि केन्द्रिय सदस्य एलिजा ढकाल ले सो दुर्घटना मा ज्यान गएका यात्रुहरुका शोक सन्तप्त परिवार जन प्रती हार्दिक समबेदना प्रकट गर्नको निमित्त दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको बताइन् । उक्त कार्यक्रममा नेपाल आर .आर क्याम्पसका ने. बि सङ्घ निकट विद्यार्थीहरु उपस्थित भएका थिए ।


प्रतिकृया दिनुहोस