ए .आइ रोबोट 'सोफिया' नेपालमा

बुधबार, ०७ चैत २०७४    RSS    132 पटक पढिएको



ए .आइ रोबोट 'सोफिया'  नेपालमा

चैत्र ७, काठमाडौं

राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले बुधवार आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा बोल्दै ए .आइ रोबोट 'सोफिया' ले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी छिन्। ‘सोफिया’ ले देशमा प्रविधिकै सहयोगमा गरिबी हटाउन सकिन बताएकी छन्।

उनले नेपालमा प्रविधिको विकास द्रूत गतिमा भइरहेको भन्दै  प्रविधिलाई सही तरिकाले अवलम्बन गरे नेपाल विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्। उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं आएकी हुन्।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको थियो।

 
 

प्रतिकृया दिनुहोस