डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो !!

बिहिबार, ०८ चैत २०७४    Agency    184 पटक पढिएको



डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो !!

८ चैत, काठमाडौं ।

रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एकीकृत कारोबार सुरु गरेको एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो रहेको नयाँ पत्रिका दैनिकले दाबी गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मर्जरमा हतारो गरे पनि कारवाहीमा भने अवरोध गरेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिक लेख्छ– राजनीतिक दबाव र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेको खुलेको छ ।

एनसीसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रुपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरुले देखाएको समाचारमा उल्लेख छ । यस घोटालासँग जोडिएर राष्ट्र बैंकले र्दुइवटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रष्ट देखाएको छ ।

                                                                                                                               - नयाँ पत्रिका दैनिक बाट साभार

 


प्रतिकृया दिनुहोस