अन्तरजातीय विवाह गरेका तुलसीपुरका पाँच जोडी

अन्तरजातीय विवाह गर्ने जोडीलाई आमाभन्दा बाबुबाट समस्या

शुक्रबार, १६ चैत २०७४    Agency    186 पटक पढिएको



अन्तरजातीय विवाह गरेका तुलसीपुरका पाँच जोडी

दाङ, चैत १५

परिवर्तित समयसँगै आजभोलि समाजमा अन्तरजातीय विवाह सहज बन्दै गएको पाइएको छ। अन्तर जातीय विवाह गरेका जोडीहरूले दलित र गैर दलित जात बीचको विवाह समाजमा विस्तारै सहज रूपमा स्वीकार्य बन्दै गएको बताएका छन्।

५३औँ अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसका अवसरमा  दाङमा अन्तरजातीय विवाह गरेका केही जोडीहरूसँग बुधबार गरेको कुराकानीमा अन्तरजातीय विवाह समाजमा स्वीकार्य बन्दै गएको ती जोडीले बताए।

ती जोडीहरूमध्ये अधिकांशले अन्तरजातीय विवाह सामाजिक चेतना बढेसँगै स्वीकार्य बन्दै गएको बताएता पनि तर माइती पक्ष र घर पक्ष दुबै तर्फबाट मानसिक यातना दिने क्रम भने अझै पूर्ण रूपमा बन्द भइनसकेको गुनासो गरे। अन्तरजातीय विवाह गरेकामध्ये अधिकांशले आमाभन्दा बाबुबाट समस्या हुने गरेको अनुभव साटेका छन्।

                                                                                                                                           

                                                                                                                              photo credit-setopati online


प्रतिकृया दिनुहोस