ओलि र मोदिबिच भेटवार्ता जारी

शनिबार, २४ चैत २०७४    Agency    185 पटक पढिएको



ओलि र मोदिबिच भेटवार्ता जारी

काठमाडौं, चैत्र २४

भारत भ्रमणमा रहेका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता सुरू भएको हो।

यो भेटवार्तापछि दुबै देशका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ। सो वार्तामा भ्रमणका क्रममा हुने सम्झौता र समझदारीको टुंगो लाग्नेछ।

दुबै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत दुई देशबिच भएक सम्झौता र समझदारीहरु सार्वजनिक गर्नेछन्।

यसअघि कार्यक्रममा समावेश नभएपनि प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ भेट भएको थियो।

 


प्रतिकृया दिनुहोस