शनिबार, २४ चैत २०७४ RSS 217 पटक पढिएको
चैत्र २४,नयाँदिल्ली ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपती भवनमा गार्ड अफ अनर प्रदान गरिएको छ । ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।
'गार्ड अफ अनर'बाट सम्मानित भएपछि पत्रकारहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा आफु खुसी भएको कुरा व्यक्त गरे । उनले सुखी र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । प्रधानमन्त्री ओलीले त्यसका लागि आफ्न समकक्षी नरेन्द्र मोदीसँग एकजुट भएर अघि बढ्ने विषयमा कुराकानी भएको जानकारी दिए ।
त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई स्वागत गरेका थिए । गार्ड अफ अनर प्रदान गरिसकेपछि समारोहमा उपस्थित नेपाली प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुसँग मोदीले परिचय गरेका थिए ।