सुन तस्करीबारे गृहमन्त्रीले भने , ‘माछा मर्दैछन्,आशा गरौं ठुला माछा पनि पर्छन्’

बुधबार, २३ जेठ २०७५    Agency    132 पटक पढिएको



सुन तस्करीबारे गृहमन्त्रीले भने , ‘माछा मर्दैछन्,आशा गरौं ठुला माछा पनि पर्छन्’

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीमा संलग्न  तस्करहरु समात्ने काम जारी रहेको बताएका छन् । बुधवार गृहमन्त्रालयको पदभार सम्हालेको सय दिन पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । उनले भने ‘माछा मार्ने काम जारी छ,  यसमा भुरा र मझौला माछाहरु परेका छन्’ उनले भने, ‘आशा गरौं ठुला माछा पनि पर्न सक्छन् र पर्नुपर्छ, एकजना माछा हिजोमात्रै फेला परेको छ, तिवारी कि के भन्ने ।’

केही दिनअघि भएको नेपाल प्रहरीको एसपी र डिएसपी बढुवा सिफारिसमा विभेद भएको भन्ने पत्रकारहरुको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तो विभेद नगरीएको दाबी गरेका छन् । ‘बढुवा विगतमा तलको माथि माथिको तल गराउँदा सुरक्षा संयन्त्र अस्तव्यस्त भयो, राजनीति प्रवेश गरेर सुरक्षा संयन्त्रलाई अस्तव्यस्त बनायो’ उनले भने, ‘अहिले हामिले त्यो गल्तिलाई सच्याउँने प्रयास गरेका छौं ।’


प्रतिकृया दिनुहोस