लाभकर सम्बन्धमा सरकार पछी हट्यो, सेयर बजार खुल्यो ।

बुधबार, २३ जेठ २०७५    RSS    108 पटक पढिएको



लाभकर सम्बन्धमा सरकार पछी हट्यो, सेयर बजार खुल्यो ।

काठमाडौं- असार मसान्तसम्म पुरानै विधिबाट लाभकर असुल गर्ने र त्यसपछि गठित समितिको सुझावअनुसार अघि बढ्न सरकार तयार भएपछि लगानीकर्ताले आन्दोलन फिर्ता लिएका छन्। सरकार र लगानीकर्ताबीच आज वार्ता भएको थियो।

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले असार मसान्तसम्म पुरानै प्रक्रियाबाट लाभकर असुल गर्ने सहमति भएको जानकारी दिए।सेतोपा

टीसितको कुराकानीमा उनले भने ‘हामीले जे माग उठाएका हौं, सरकार त्यसमा तयार भयो, हामीले पनि कारोबार सुचारु गर्यौं।’

मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित समितिले १५ दिनभित्र लाभकरका विषयमा आफ्नो सुझाव दिएपछि आगामी आर्थिक वर्षदेखि सोही सुझावलाई लागू गर्नेगरी अघि बढ्ने सहमति वार्तामा भएको छ।

लगानीकर्ताको आन्दोलन फिर्ता भएपछि १ बजेर ९ मिनेट जाँदाबाट सेयर कारोबार खुलेको छ। कारोबार खुलेपछि नेप्से परिसूचक उकालो लागेको छ।

बोनस र हकप्रद सेयरमा अंकित मूल्य १ सयलाई नै आधार बनाएर पूँजीगत लाभकर शुल्क आन्तरिक राजश्व कार्यालयले नेप्सेलाई निर्देशन दिएपछि लगानीकर्ता आन्दोलित भएका थिए। सो व्यवस्थाले नोक्सान ब्यहोर्दा पनि लाभकर तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै लगानीकर्ताले विरोध जनाएका थिए।

सोही विरोधका कारण मंगलबार ठप्प रहेको कारोबार बुधबार भने ढिलो सुरू भएको हो।

 

 


प्रतिकृया दिनुहोस